एजेन्सी, २ माघ । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् ।
उनका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि युन सुक–योलको घरबाहिर जम्मा भएका थिए । समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए ।
प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । विरोधका कारण केही घण्टापछि उनले उक्त ल लगाउने निर्णय फिर्ता लिएका थिए ।
डिसेम्बर १४ मा युन सुक–यो विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । तर, उनलाई त्यहाँको संवैधानिक अदालतले मात्रै राष्ट्रपति पदबाट हटाउन सक्छ ।
डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्