राजनीति

सातै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरणको तयारी छ : गृहमन्त्री



काठमाडौँ, २ माघ । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।

आज कीर्तिपुरमा आयोजित २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए ।

उनले भने, ‘आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ ‘सरकारी निकाय, नीजि क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’