काठमाडौँ, ३ पौष । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक आज बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी हुने छन् । बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको पनि ब्रिफिङ सुन्ने तयारी भएको हो ।
बैठकमा उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही तथा राज्यमन्त्रीहरू रुपा विक र पूर्णबहादुर तामाङलाई बोलाइएको हो ।
यसबाहेक बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरू देउवासहित पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रहेनछन् । यस्तै राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्