काठमाडौँ, ३ माघ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका श्रीकृष्ण कार्की पक्राउ गरेको हो ।
हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा बस्ने १९ वर्षीय उनलाई साइबर अपराधमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद दिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बिहीबार बताएको छ ।
प्रतिक्रिया दिनुहोस्