समाचार

भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला



भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित विपी आँखा अस्पताल नजिकको मनहरा खोलामा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन् । 

मृतकको सनाखत हुन बाँकी रहेको छ भने यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए ।