काठमाडौँ, ४ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संस्था रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्षसहितका पदाधिकारी एमाले समर्थित प्रेस चौतारी नेपालमा प्रवेश गरेपछि विघटन भएको छ ।
समाजवादी प्रेसका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए। सो क्रममा प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्