अर्थ

७ हजार ४८ मेट्रिक टन सुन्तला आयात



काठमाडौँ, १० माघ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको छ ।

भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।  नेपालबाट भने १ लाख ८ हजार रुपैयाँ बराबर ४ मेट्रिक टन सुन्तला निर्यात भएको छ । 

सुन्तला हाल देशभर २९ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ ।