काठमाडौँ, १० माघ । नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् ।
वाग्ले बिहीबार एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन् । सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा माला लगाएर वाग्लेलाई पार्टीमा स्वागत गरेका छन् । वाग्ले यसअघि समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए । समाजवादीले उनलाई ओखलढुङ्गाको जिल्ला अध्यक्ष तथा कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्