राजनीति

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौँ, ११ माघ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजेबाट काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने  प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।