राजनीति

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान



काठमाडौँ, १२ माघ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनको अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुनेछ । सम्पन्न मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको छ । भावी अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।

९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।