समाचार

आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान बिष्टको मृत्यु



कञ्चनपुर, १२ माघ । कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल बिष्टको उपचारका क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले यही माघ ०९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैँलाई गोली प्रहार गरेका थिए ।

आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।