काठमाडौँ, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन् ।
आज म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले राजनीतिक दलका नेता, भूमाफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताए ।
उनले भने, ‘मैले दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपाली जनतालाई गरिबी र भ्रष्टाचारमा राख्ने को हुन भन्ने बुझेँ, देखेँ,’ ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ । हजारौं नयाँ बेपत्ताहरूको सपना, समाजमा भएका विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो ।’










प्रतिक्रिया दिनुहोस्