राजनीति

माओवादीको जनयुद्ध हिंसा नै हो : रामबहादुर थापा ‘बादल’



काठमाडौँ, २४ माघ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध सिंह भएको टिप्पणी गरेका छन् ।

आज अछाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गरेका हुन् । 

उनले भने, ‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको कलंक पाप हो । त्यहाँ मर्ने र मार्ने हुन्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीले जनयुद्धबारे गरेको टिप्पणीमा आफ्नो कुनै आपत्ति नहुने पनि बताए । 

जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर गरे । उनले भने, ‘हिंसा भनेको वर्ग संघर्ष हो । अथवा संघर्षको सर्वोच्च रुप हो ।’ यद्यपि प्रत्येक सिंह भने युद्ध हुन नसक्ने बताए । 

उनले जनयुद्ध दिवस माओवादीको स्टन्टबाजी मात्रै भएको समेत जिकिर गरे ।  बादल सर्वोच्चको आदेशले नेकपा विभाजन भएपछि माओवादी छाडेर एमालेतिर लागेका थिए ।