काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरूसँग संवाद गर्ने कार्यक्रम तय भएको छ ।
विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले संवाद गर्न लागेका हुन् ।










प्रतिक्रिया दिनुहोस्