समाचार

स्कुलबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत



काठमाडौँ, २७ माघ । धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

प्रहरीका अनुसार बाजुराबाट आएर अध्ययनका लागि धनगढी बस्दै आएकी किशोरी बिहीबार साँझ बलात्कारमा परेकी हुन् ।

स्कुलबाट घर फर्किंदै गरेकी उनलाई युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी युवककै घर जान बाध्य भएकी थिइन् ।

थप विवरण बुझ्न बाँकी रहेको र अहिले पीडित किशोरीसित थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।