रौतहट, २९ माघ । सर्लाही स्थित एक घरमा गएराति भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण ५ चौपाया मरेका छन् ।
प्रहरीका अनुसार स्थानीय रामनगर गाउँपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा–५ वटा मरेका हुन् ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर लगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमान्डमा १० जनाको टोली खटिगएर प्रहरी र स्थानीयवासीको सहयोगमा १ घण्टा भित्रै आगो नियन्त्रणमा लिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्