काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि एक महिने स्वास्थ्य परीक्षण अभियान थाल्न लागेको छ ।
निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै आजदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको हो ।
गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए । यस लगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ ।










प्रतिक्रिया दिनुहोस्