काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागिका बाँके जिल्लामा औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
फागुन ५ गते बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा मात्र हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।
स्वास्थ्य मन्त्रालयले यस अभियानमा सहभागी भई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरिदिन त्यहाँका नागरिकलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्