विश्व

भूकम्पको धक्का



काठमाडौँ, ५ फागुन । भारतको दिल्लीमा बिहानै भूकम्प गएको छ ।

आज बिहान ५ : ३६ बजे दिल्ली–एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको शक्तिशाली झट्का महसुस भएपछि स्थानीय घर बाहिर निस्किएका थिए । भूकम्पको केन्द्र दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको थियो ।

दिल्ली प्रहरीले आपतकालीन अवस्थामा खबर गर्न भनेको बीबीसीले जनाएको छ ।