काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आजका लागि तय भएको बैठक स्थगित भएको छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुरमार भट्टराईले जानकारी दिए । सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।










प्रतिक्रिया दिनुहोस्