काठमाडौँ, ८ फागुन । कैलालीमा चारजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनगढी–२, बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बुधबार (फागुन ८) दिउँसो धनगढी उपमहानगरपालिका–२ का ३५ वर्षीय अवनिश सिंहसहितका व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
नगद १९ हजार ३२५ रुपैयाँ, दुई बुक तास र दुईथान मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्