काठमाडौँ, ११ फागुन । सिराहामा रोकी राखेको टिपरमा पिकअप भ्यान ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान मिर्चैया नगरपालिका–७ स्थित सडकमा रोकी राखेको प्र.२–०१–००१ ख ००३६ नम्बरको टिपरमा प्र.३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका–१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनोकामना अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्