काठमाडौँ, १५ फागुन । आज नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ ।
योसँगै बजार २८१५.०४ अंकमा पुगेको छ । परिसूचक बढेको नेप्सेमा कारोबार रकम समेत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहको भएको छ । सो समूहको परिसूचक ३.३२ प्रतिशतले बढेको हो । त्यस्तै उत्पादन तथा प्रशोधनमूलक उद्योग परिसूचक पनि २.९१ प्रतिशत विन्दुले बढेको छ । आज सबै उपसूचक बढ्दा उल्लेखित बाहेक ६ उपसूचकको वृद्धि १ प्रतिशत भन्दा धेरै देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्