राजनीति

देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन : गृहमन्त्री लेखक



काठमाडौँ, १६ फागुन । गृहमन्त्री रमेश लेखकले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरेका छन् ।

आज काठमाडौँमा नेसनल प्याब्सनको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए ।

अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनको भनाइ थियो । उनले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन् ।

मन्त्री लेखकले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरे ।

उनले शिक्षा विधेयकलाई समयमा नै पारित गरी त्यस क्षेत्रको कानुनी र नीतिगत सुधार गर्ने बताए ।