काठमाडौँ, १७ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात क्षेत्रका समस्याहरु हल गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् ।
आज नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यातायात व्यवसायीको विगतदेखिको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताए ।
मुख्यमन्त्री लामाले यातायात व्यवसायीलाई समस्या बनाइरहेका ऐन, कानुनहरू परिमार्जन गर्न प्रदेश सरकारले छलफल प्रारम्भ गरेको बताए । सरोकारवालाहरूको सुझावसहित यातायातसँग सम्बन्धित ऐन कानुन संशोधन गर्न सरकारले तयारी गरिरहेको उनको भनाई छ ।
मुख्यमन्त्री लामाले बीमालाई व्यवस्थित गर्न सम्बन्धित पक्षहरूसँग छलफल अघि बढाएको बताए । दुर्घटनामा परेकाहरू व्यक्तिहरूको औषधि उपचारमा सघाउ पुर्याउन कोष स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्