काठमाडौँ, १९ फागुन । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज मुख्यतया मौसम सफा रहनेछ । आज दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्