समाचार

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते



काठमाडौँ, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको छ । घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

उक्त जीपमा सवार  एकजना बालकको अवस्था भने सामान्य छ । उद्धार तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  छ ।