समाचार

काठमाडौँमा ६६ सवारी साधन ट्राफिकको नियन्त्रणमा



काठमाडौँ, २९ फागुन । ट्राफिकले काठमाडौँ उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ ।

मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३/४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।

होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे चेकिङ, ओभरस्पिड, हेल्मेट नलगाउने, जथाभावी सवारी चलाउनेलगायत छन् ।

बेलुकासम्म होल्डमा रहेका सवारी साधनलाई कसुरअनुसार जरिवाना तिराइने छ । यसैबीच, काठमाडौँ उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।