समाचार

करेन्ट लागेर एक युवकको मृत्यु



काठमाडौँ, १ चैत । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय इन्द्रलाल मोक्तानको मृत्यु भएको हो ।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।