पाल्पा, १ चैत । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताएका छन् ।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रवार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले उपप्रधानमन्त्री सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाई छ ।
०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्