काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै नेपालमा राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्