समाचार

खुकुरी प्रहार गर्ने युवक पक्राउ



काठमाडौँ, २ चैत । सामान्य विवाद हुँदा सार्वजनिक स्थलमै खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कंलकी सीतापम्पस्थित सडकमा खुकुरी प्रहार गर्ने नुवाकोट घर भई हाल बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङले मोरङको कटारी गाउँपालिका–४ घर भई कालिमाटी बस्ने ३० वर्षीय सुवास राईसँग विवाद हुँदा बिहीबार खुकुरी प्रहार गरेका थिए ।

तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।