समाचार

५ दिनदेखि बेपत्ता युवक मृत फेला



काठमाडौँ, ४ चैत । कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार २८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको हुन् ।

स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको हो । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए ।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ ।