समाचार

च्याउ खाएर बिरामी भएका एक जानाको मृत्यु 



काठमाडौँ, ५ चैत । तनहु जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको हो । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको हो । 

बिरामी परेका नौजनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।