काठमाडौँ, ५ चैत । सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवसँग पटक–पटक गरी कुल दुई लाख पचहत्तर हजार रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडित यादवका दाजु सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते महतोलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्