काठमाडौँ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्