राजनीति

नेपाली समाज ‘जसको काम, उसको प्रशंसा’को संस्कृतिबाट विमुख हुँदैछ: महासचिव पोखरेल



काठमाडौँ, ५ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जसको काम उसको प्रशंसा गर्ने संस्कृतिबाट नेपाली समाज विमुख हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

एमाले नेतृत्वले देशभर विकास र समृद्धिको साथै साथै सुशासनको पक्षमा गरेको कार्यलाई स्थायीय जनप्रतिनिधिहरुले आफ्नो फोटो टाँसेर प्रचार गरिरहेको उल्लेख गर्दै उहाँले आफ्नो प्रशंसा र केन्द्र सरकारको आलोचना गर्ने रोगले काठमाडौँ महानगरपालिका जस्तै अन्य ठाउँहरुमा समेत पुगेको भन्दै गुनासो गर्नुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘केन्द्र सरकारको बजेट कार्यक्रमवाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेछ ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’