समाचार

करेन्ट लागेर एकजनाको मृत्यु



काठमाडौँ, १० चैत । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् । 

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।