राजनीति

विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै



काठमाडौँ, १९ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ ।

सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

यहि मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिनेगरी दल दर्ता गर्ने निर्णय गरेको थियो । कार्यदलले आयोगमा दर्ता भएका पार्टीहरू मध्येबाट कुनै एक नाम राख्ने कि नयाँ नाम जुराएर दर्ता गर्ने विषयमा छलफल भएको तर निष्कर्षमा नपुगेको संयोजक बुढाले बताए । 

उनका अनुसार बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दर्ता भएका पार्टीहरू अध्ययन पश्चात् एउटा निष्कर्षमा पुग्ने र विभिन्न नामबारे छलफल भएको छ ।