काठमाडौँ, १९ चैत । काठमाडौँ आज विश्वकै ‘सर्वाधिक प्रदूषित’ सहर बनेको छ ।
वायुको गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ मध्ये काठमाडौँ सर्वाधिक प्रद्रूषित भएको देखाएको छ ।
मंगलबार बिहान ११ः३० बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २५६ पुगेको आईक्यू एयरको तथ्यांक छ । आइतबार र सोमबार पनि काठमाडौँ खराब वायु भएका सहरको सूचीमा एक नम्बरमा नै थियो ।
यो सूचीको दोस्रो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई १९२ छ । तेस्रो नम्बरमा रहेको थाइल्यान्डको च्याङमाईको एक्यूआई १६४ मापन भएको छ । स्वास्थ्यका हिसाबले काठमाडौं ‘अति अस्वस्थकर’ बनेको छ । अरू सहर ‘अस्वस्थकर’ छन् ।
वातावरण विभागका अनुसार, काठमाडौँ उपत्यकाका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी, भक्तपुर, इलाम र धनगढीमा वायु प्रदूषण उच्च छ । ती स्थानको एक्यूआई १५० देखि १९३ सम्म छ ।










प्रतिक्रिया दिनुहोस्