जनकपुर, २५ चैत । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै विवाद उत्पन्न हुँदा हुँदा औषधि खरिद हुननसकेको बताइएको छ ।
औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । हाल प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।
मधेस प्रदेशको १३६ स्थानीय तहमा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्