अर्थ

घट्यो नेप्से



काठमाडौँ, २६ चैत । ३.४४ अंकले घट्दा आज सेयरबजार परिसूचक  (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ । 

परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको  छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।