काठमाडौँ, २८ चैत । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २ हजार ६ सय ७०.७० अंकमा ओर्लेको छ ।
बुधबारको तुलनामा यो ०.२० प्रतिशतले घटेको हो । बुधबार नेप्से ९.६६ अंकले बढेर २ हजार ६ सय ७६.२८ अंकमा बन्द भएको छ । त्यो वृद्धि बिहीबारसम्म पनि टिकेन । सो दिन कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १३१ कम्पनीको घट्यो भने १ वटाको स्थिर छ ।
४९ हजार ६ सय ३२ पटकको सेयर कारोबारमा १ करोड १३ लाख ८४ हजार ७ सय २५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्