काठमाडौँ, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभाग सदस्य ओमनाथ भण्डारीले राजीनामा दिएका छन् ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई सोध्दै नसोधी कोसी प्रदेश इन्चार्जबाट हटाएको भन्दै उनले केन्द्रीय संगठन विभागबाट राजीनामा दिएका हुन् ।
आफूसँग परामर्श गरेको भए पार्टी निर्णय स्वीकार गर्ने भन्दै उनले सोध्दै नसोधी गरेको निर्णयमा असहमतिसहित साधारण सदस्यमात्र रहने गरी राजीनामा गरेका हुन् । आफूसँग सल्लाह नगरिएको भन्दै उनले यसमा आफ्नो असहमति रहेको बताएका छन् । उनले पार्टी नेतृत्वले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाएका छन् । सामान्य छलफल समेत नगरी जिम्मेवारीबाट बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सृजना भएको उनको भनाइ छ ।
भण्डारीले भनेका छन्, “आजको मितिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, कोसी प्रदेशको इन्चार्ज र केन्द्रीय संगठन विभाग सदस्यको भूमिका निर्वाह गरिरहेको थिएँ । सायद पार्टीले वैकल्पिक राजनीतिक दल रास्वपामा ‘एक पद एक व्यक्ति’ हुनुपर्छ भन्ने अवधारणा अनुसार कामकारबाही अगाडि बढाउँन होला, केन्द्रीय नेतृत्वले मलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गर्यो । आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।”










प्रतिक्रिया दिनुहोस्