विश्व

पुटिन र ट्रम्पका दूतबीच मस्कोमा भेटवार्ता



काठमाडौँ, १३ वैशाख । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन् । जसलाई उनले अति उपयोगी समेत भनेका छन् । 

पुटिनका सहयोगी यूरी उशाकोभका अनुसार अमेरिकी दूत स्टीभ विटफोक र पुटिनबीच मस्कोमा तीन घण्टा रचनात्मक वार्ता भएको हो । उशाकोभले रुस र युक्रेनबीच सीधा वार्ता फेरि सुरु हुने सम्भावना चर्चाको मुख्य विन्दु रहेको बताएका छन् । उनले भने, ‘रुस, अमेरिका र युक्रेन मात्रै नभई अन्य अन्तर्राष्ट्रिय मुद्दामाथि समेत निकटस्थता बढेको छ ।’

अमेरिकाले बैठकका दौरान भएको छलफलबारे कुनै विवरण जारी गरेको छैन । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षबीच शान्ति सम्झौता गराउने काम पुनः चलेको बताएका छन् ।