राजनीति

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका निम्ति ‘रुलिङ’ माग 



काठमाडौँ, १६ बैशाख । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकको माग सम्बोधन गर्नेबारेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका निम्ति ‘रुलिङ’ माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले विपक्षी दलले दर्ता गराएको प्रस्ताव यस दिन कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाए ।

त्यो विषयमा छलफलका निम्ति उनले सभामुखसित ‘रुलिङ’माग गरे । विद्यार्थीका परीक्षा अघि बढाउनुपर्ने, निजी विद्यालयमा विद्यार्थी भर्ना भएका तर शिक्षक आन्दोलनमा रहेका उनले बताए ।