राजनीति

प्रतिनिधिसभाबाट दुई विधेयक पारित 



काठमाडौँ, १६ बैशाख । दुई विधेयक पारित गरिएको छ ।

आज प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरिएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले यही वैशाख १९ गते सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी गराए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका निम्ति दिउँसो २ः४५ बजे उपस्थित हुन उनले सांसदहरूलाई आग्रह गरे ।

वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।