राजनीति

सत्तापक्षीय दलको बैठक बस्दै



काठमाडौँ, १७ वैशाख । सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ ।