काठमाडौँ, १९ बैशाख । कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ ।
सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो । त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको हो ।










प्रतिक्रिया दिनुहोस्