राजनीति

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील



काठमाडौँ, २४ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन् ।

भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा एक विज्ञप्ति जारी एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेका छन् । विश्वले भारत र पाकिस्तानबीचको सैन्य टकराव सहन सक्दैन ।’

यसअघि मे ५ मा, गुटेरेसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव धेरै वर्षयताकै उच्चतम बिन्दुमा रहेको बताएका थिए । उनले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए ।